पत्नीको हत्या गरेको अभियोगमा पदम परियार पक्राउ ।

अपराध

पत्नीको हत्या गरेको अभियोगमा  पदम परियार पक्राउ ।
मार्च २४ सुर्खेत:-आफ्नै पत्नी २६ वर्षीया तिलसरा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका-१३ चौतारी टोल बस्ने ३० वर्षीय पदम परियारलाई प्रहरीले पक्राउ गरेको छ । पदमले शनिबार साँझ पत्नीलाई आफ्नै घरमा कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामघाट र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...