पाकिस्तानमा गिर्जाघरमा बन्दुकधारिले आक्रमण गर्दा ८ जना मारिए |

विदेश

डिसेम्बर १७ इस्लामाबाद :-पाकिस्तानमा एउटा गिर्जाघरमा बन्दुकधारीहरुले आक्रमण गर्दा ८ जना मानिस मारिएको र अन्य ४० जना घाइते भएका छन्।उक्त घटना क्वेटा शहरमा भएको थियो।क्वेटा, अफगानिस्तानसँगको सीमाबाट ६५ किलोमिटरको दूरीमा छ। 'मेथोडिस्ट' गिर्जाघरमा प्रार्थना भइरहेका बेला आक्रमण भएको क्षेत्रीय गृहमन्त्री सर्फराज बुग्तीले स्थानीय सञ्चारमाध्यमलाई बताए।सन्दिग्ध आत्माघाती आक्रमण ठानिएको उक्त घटनामा कम्तीमा एकपटक विस्फोट भएको र त्यसपछि बन्दुकधारीहरुले गोली चलाएको विवरणहरुमा जनाइएको छ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।क्वेटा क्षेत्रमा पछिल्लो खालका आक्रमण पटकपटक हुने गरेका छन्।त्यस्ता आक्रमण धेरैजसो हजारा शिया समुदायलाई लक्षित गरेजस्तो देखिन्छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...