ओलीले आर्थिक प्रलोभनमा परेर उम्मेदवारी फिर्ता ।

राजनीति

ओलीले आर्थिक प्रलोभनमा परेर उम्मेदवारी फिर्ता ।

नोवेम्बर ०५ काठमाडौं :- एमालेले टिकट नदिएपछि दाङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएकी कोमल ओली आर्थिक प्रलोभनमा परेको खलासा भएको छ ।एमालेका नेता शंकर पोरखेलले ओलीलाई आर्थिक प्रलोभनमा पारेर उम्मेदवारी फिर्ता गराउन सफल भएका हुन् । स्रोतका अनुसार ओलीले पोखरेलसँग रुपियाँ लिएकी छिन् । तर, कति लिएकी हुन् भन्ने खुल्न सकेको छैन । शंकर पोखरेललाई उनकी पत्नी सुजिता शाक्यले चुनाव खर्चका लागि आफ्नो एनजिओमार्फत चीनबाट पैसा ल्याइदिएको एक नेताले बताए ।

कोमल ओलीको उम्मेदवारीले एमालेलाई घाटा पुग्ने र त्यसको असर आफूलाई पनि पर्ने भएपछि एमाले नेता पोखरेलले पैसा दिएको एकजना एमालेका नेताले बताए । ‘कोमल ओलीलाई शंकर पोखरेलले पैसा दिएर उम्मेदवारी फिर्ता गराउन दवाव दिएको थाहा पाएका छौँ’, नाम उल्लेख नगर्ने सर्तमा एमालेका एक नेताले भने, ‘कोमल ओलीको अब हैसियत छैन । उहाँ एमालेमा बसिरहनुको अर्थ छैन ।’

कोमल ओलीले एमालेले आफूलाई राष्ट्रिय सभामा लैजाने आश्वासन दिएको दाबी गरेकी छिन् । ओलीले आफू निकटका नेताहरूसँग राष्ट्रिय सभामा लैजाने सहमतिपछि उम्मेदवारी फिर्ता लिएको बताए पनि भित्री कुरा आर्थिक लेनदेनको रहेको बताइएको छ ।एमालेले ओलीलाई कुनै पनि हालतमा अवसर दिने पक्षमा छैन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...