नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गयो ,एक महिला जीवित उद्दार |

अन्य

नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गयो ,एक महिला जीवित उद्दार |
भदौं २३ नुवाकोट:- नुवाकोटमा हेलिकप्टर दुर्घटना हुदा ६ जनाको ज्यान गएको छ । जिवितै भेटिएकी एक महिलाको उपचार भैरहेको छ ।गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा चालक सहित ६ जनाको मृत्यु भएको हो । शनिबार बिहान नुवाकोट र धादिङको सीमाना मेघाङको जङ्गलमा भएको हेलिकोप्टर दुर्घटनामा चालक निश्चल केसी, यात्रुहरु जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखा चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । चालक केसीको शव आफ्नै सिटमा भेटिएको थियो । अन्यको शब छरिएको अबस्थामा संकलन गरिएको हो । दुर्घटना स्थलमा जिवितै भेटिएकी गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पालाई डप उपचारका लागि काठमाडौं ल्याइएको छ । हेलिकप्टर भन्दा १५० मिटर तल भीरमा अड्केको अवस्थामा उद्धारकर्मीले उनलाई फेला पारेका थिए । ९ एन ए एल एच कलसाइनको हेलिकप्टर टुक्राटुक्रा अवस्थामा फेला परेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...