निर्बाचन आयोगले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनमा भाग लिन सम्बन्धित मतदाताहरुलईअनुरोध।

अन्य

निर्बाचन आयोगले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनमा भाग लिन सम्बन्धित मतदाताहरुलईअनुरोध।
अक्टुबर ५ काठमाडौँ :-निर्वाचन आयोग काठमाडौँ नेपाल आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिनसमेत अपिल गरेको छ ।बडादशैँ, दीपावली, नेपाल संवत्, छठ लगायतका चाडपर्वका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा आज शुभकामना व्यक्त गर्दै आयोगले त्यस्तो आग्रह गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा आज जारी विज्ञप्तिमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, बुद्धिजीवीलगायत निर्वाचनमा सरोकार राख्ने सम्पूर्ण संस्था एवम् व्यक्तिप्रति शुभकामना व्यक्त गरिएको छ । पर्वहरुले सबै नेपालीमा सुख, सु–स्वास्थ्य, सम्पन्नता र राष्ट्रको समृद्धि कायम गर्न सफल होस् भन्ने कामना विज्ञप्तिमा गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...