निजि क्षेत्रको दुरसंचार कम्पनि एन्सेलले मुद्दा हार्यो ,कर उठाउन सर्बोच्चको आदेश |

अन्य

निजि क्षेत्रको दुरसंचार कम्पनि एन्सेलले मुद्दा हार्यो ,कर उठाउन सर्बोच्चको आदेश |
माघ २३ काठमाडौँ :-सर्वोच्च अदालतले निजी क्षेत्रको अग्रणी दूरसञ्चार कम्पनी एनसेलबाटै पुँजीगत लाभकर असुल गर्न आदेश दिएको छ। बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंक मोक्तानको  पूर्ण इजलासले एक्जिएटा कम्पनी र एनसेलबाटै पुँजीगत लाभकर उठाउन आदेश दिएको हो। स्वीडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ७ गते एनसेलको ८० प्रतिशत सेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो। अर्थमन्त्रालयले मंसिर २१ गते संसदको लेखा समितिलाई दिएको जानकारी अनुसार,एनसेल खरिदविक्रीमा नेपाल सराकरलाई उसले ६० अर्ब ७१ करोड कर तिर्न बाँकी छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...