नेवा:पुच: युएईले नेपाल संवत् (न्हु दं) तथा आत्मा पुजा (म्ह पुजा ) मनाउदै ।

जनजाती बिशेस

नेवा:पुच: युएईले नेपाल संवत् (न्हु दं)  तथा आत्मा पुजा (म्ह पुजा ) मनाउदै ।
अक्टुबर २७ मनु कोंमे दुबाई:- नेवा: पुच: युएईले युएईको अवुधाबी,दुबई र उमलक्वेनमा नेवारी परम्परा अनुसार आगामी २९ अक्टोबर २०१९ मंगलबार नेपाल संवत् ( न्हु दँ ) तथा आत्मा पुजा (म्ह पुजा) मनाउने भएको छ। कार्यक्रम दुबाई क्षेत्रको लागी कञ्चनजङ्गा रेष्टुरेन्ट बर दुबईमा सबैको समय लाई मध्य नजर राखी बेलुकी ७ बजे देखी म्ह पुजा कार्यक्रम गर्ने भएको हुँदा युएईमा स्थापित सम्पुर्ण संघ संस्थाका प्रमुखहरुमा कार्यक्रममा सहभागिता जनाउन समय मिलाएर आ-आफ्नो पायक पर्ने कुनै पनि स्थानमा सहभागी भई कार्यक्रमको शोभा बढ़ाई दिन नेवा:पुच: युएईले हार्दिक आमन्त्रण गरेको छ भने कार्यक्रम नेवारी चलन अनुसार थकालीको रोहबरमा हुने भएको छ।पुजा सर्दाम र नेवारी परिकारको लागी प्रति ब्यक्ति निश्चित शुल्क निर्धारण समेत गरेको छ। उक्त कार्यक्रममा सहभागिताको लागि सम्पर्क व्यक्ति उमलक्वेनको लागी नेवा: पुच: युएईका केन्द्रीय अध्यक्ष लक्ष्मण श्रेष्ठ - +९७१ - ५२ २२८ ९१८० ,अवुधाबीको लागी नेफिन सदस्य तथा नेवा: पुच: युएई अवुधाबी क्षेत्रीय अध्यक्ष सुनिलमान श्रेष्ठ - +९७१ - ५२२२८ ९१८० र दुबईको लागी नेफिन युएई मातहत फोनिज युएईका कार्यवाहक अध्यक्ष तथा नेवा: पुच: युएईका केन्द्रीय उपाध्यक्ष राजेश प्रधान - +९७१ - ५० ३८४४२१८ रहेको नेफिन युएई एवं नेवा:पुच: युएईका महासचिव कुमार बलामीले जानकारी गराएका छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...