नेसनल लाइफ इन्स्युरेन्सको न्युरोडमा नया शाखा विस्तार |

अन्य

नेसनल लाइफ इन्स्युरेन्सको  न्युरोडमा नया शाखा विस्तार |

फेब्रअरी ८ काठमाडौँ :- नेशनल लाइफ इन्स्योरेन्सले काठमाडौंको न्यूरोडमा शाखा विस्तार गरेको छ। बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नयाँ शाखाको बुधबार उदघाटन गर्नु भएको थियो |शाखा उद्घाटन कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा न्यूरोड क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पुर्यारउने प्रयोजनको लागि नयाँ शाखा खोलिएको बताइन्।

26552723_1777984508943406_861651789_n कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र चालु वर्षको पहिलो ६ महिनामा २ अर्ब ४३ करोड रुपैयाँ बराबर प्रिमियम आर्जन भएको भन्दै उनले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१– ८० को उच्चतम बोनस दर कायम गर्न सफल रहेको उनले जानकारी दिइन्। कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईँले समग्रमा हेर्दा कम्पनीको लगानी र जीवन बीमा कोषको स्थिति राम्रो रहेको र कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पूजी २ अर्ब रुपैयाँ पुग्ने बताए। चापागाईँले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो)बारे सुधार गर्नु पर्ने स्थिति रहेको र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसँग तालिम दिन आवश्यक रहेको बताए। गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्चस्तरीय पढाईको लागि छलफल भैरहेको र यसका साथै सम्पूर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्थाको व्यवस्था गर्ने प्रयास भैरहेको पनि बताए। साभार :-बिज्मंडू


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...