नेपाली संघीय समाज इजरायलको स्थापना दिवस सम्पन्न |

राजनीति    विदेश

नेपाली संघीय समाज इजरायलको स्थापना दिवस सम्पन्न |
जुन १८ तेल अविव :-नेपाली संघीय समाज,इजरायलको एतिहासिक चौथो स्थापना दिवस हर्षउत्शाहका साथ तेअलभीमा सु-सम्पन्न भएको छ | उक्त एतिहासिक कार्यक्रम संगठनका संस्थापक संयोजक तथा वर्तमान अध्यक्ष सुन्दरसिहं लामा तामांङको सभापतित्वमा संगठन कै निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लहाकार छिरिङ लामा शेर्पाको प्रमुख अतिथ्यमा गैरआवाशिय नेपाली संघ,इजरायलका वरिस्ठ उपाध्य्क्ष विशाल ज्ञावाली र नेपाल आदिवासी जनजाती महांसघ,इजरायलका अध्यक्ष निर्मला गुरुङ् दोयको विशेष अतिथ्यमा प्रवास राजनीतिक संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न जातीय धार्मिक ,सामाजिक र साहित्यक संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु विभिन्न मेडिया कर्मीहरु र इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको विशेष गरिमामय उपस्थिति रहेको थियो | MIDIA1

कार्यक्रम संगठनका संस्थापक संयोजक तथा अध्यक्ष सुन्दरसिहं लामा तामाङको सभापतित्व आशनग्रहण संगै कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि,विशेष अतिथिहरु,अतिथिहरु र मेडिया कर्मीहरुलाई आशनग्रहण गरि अतिथि पाहुना महानुभावहरुलाई खाता अर्पण गरि स्वागत संगठनका तृतीय उपाध्यक्ष कल्पना मोक्तान तामाङले गरिएको थिईन |अतिहरुको सत्कार संगै रास्ट्रिय गान र ज्ञात अज्ञात सहिदहरुको सम्मानमा २ मिनेट मौनधारण गरिएको थियो |त्यस पश्चात एतिहासिक कार्यक्रमको उदघाटन सभापति र प्रमुख अतिथिले संयुक्तरुपमा गर्नु भएको थियो |तत्पश्चात संगठनका सक्रिय कार्याकारिणी सदस्य आङछिरिङ शेर्पा द्वारा उपस्थिति सम्पूर्ण अतिथि पाहुना महानुभावहरु लगायत गरिमामय उपस्थित सम्पूर्ण नेपाली दिदीबहिनीहरु तथा दाजुभाईहरुलाई संगठनको र आफ्नो व्यक्तिगतरुपमा स्वागत गर्नु हुदै स्वागत मन्तव्य दिनु भएको थियो |

 

स्वागत मन्तव्य संगै विभिन्न क्षेत्रका स्थापित व्यक्तित्वहरु पार्टी प्रवेश गर्नु भएको थियो |जसमा नेपाल आदिवासी जनजाती महासंघ,इजरायलका निवर्तमान अध्यक्ष निर्मला गुरुङ,(संखुवासभा),ह्योल्मो समाज,इजरायलका अध्यक्ष पेमा ह्योल्मो (सिन्धुपाल्चोक),नेपाल आदिवासी जनजाती महासंघ इजरायलका सचिव सन्तवीर ह्योल्मो (समिर) रामेछाप,शर्किनी ह्योल्मो ह्योल्मो समाज,इजरायलका उपाध्य्क्ष (सिन्धुपाल्चोक),अनिता राई (उदयपुर ) र छत्र बहादुर गोले नेपाल तामाङ् घेदुङ इजरायलका उपाध्यक्ष (सिन्धुली) रहेका थिए |

 

पार्टी प्रवेश कार्यक्रम संगै विभिन्न प्रवास राजनीतिक संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरिएका थिए | शुभकामना मन्तव्य दिनु हुनेहरुमा नेकपा एमाले प्रवास समिति इजरायलका अध्यक्ष तिर्थ गौतम,नयाँ शक्ति प्रवास समिति इजरायलका प्रतिनिधि पुर्व संयोजक बि बि लामा तामाङ,जनमुक्ति प्रवास समिति इजरायल समितिका प्रतिनिधि शरिन ख्युङ्गबाले आ-आफ्नो राजनीतिक संगठनको तर्फबाट सकरात्मक धारणा व्यक्त गर्नु भएको थियो | त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि छिरिङ लामा शेर्पाले आफ्नो महत्वपूर्ण भनाईहरु राख्नु भएको थियो \साथै कार्यक्रमको अन्तमा वर्तमान नेपालको राजनीतिक सन्दर्भमा आफ्नो गहर्विलो भनाई राख्नु हुदै,प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग साथ दिनु हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरी कार्यक्रमका सभापति तथा अध्यक्ष सुन्दरसिहं लामा तामाङ्ले कार्यक्रम सम्मपन भएको घोषण गर्नु भएको थियो |कार्यक्रम संचालनको सुभारम्भ संगठनका महासचिव पासाङनुर्बु शेर्पाले र सचिव अनिला मोक्तान तामाङले जुझारु रुपमा सु-संचालन गर्नु भएको थिए |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...