नेपाली जनसम्पर्क समिति इजरायलको आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।

राजनीति

नेपाली जनसम्पर्क समिति इजरायलको आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
अगस्ट १४ काठमाडौँ :-नेपाली जनसम्पर्क समिती इजरायलको योजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न। २०७७ साउन २८ तदानुसार 12 अगस्ट 2020 मा जुम भर्चुअलमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो। उक्त अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा युवा नेता जनक भट्टको समेत उपस्थिति थियो । कार्यक्रम नेपाली जनसम्पर्क समिति इजरायलका महामन्त्री सुर्य ब. रानामगरले सन्चालन गरेका थिए भने कार्यक्रमको ब्यबस्थापन महामन्त्री अनु थापाले गर्नु भएको थियो । उक्त प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम मा नेपालि जनसम्पर्क समिति इजराएलका सम्पुर्ण पदाधिकारी लगाएत सल्लाहकार ज्युहरुको बाक्लो उपस्थिति रहेको थियो। साथै विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरुको पनि उपस्थित थियो । कार्यक्रममा उपस्थित अधिकांश पदाधिकारी ज्युले समसामयिक राष्ट्रीय राजनिति र आसन्न नेपाली कांग्रेसको अधिवेशन केन्द्रीत प्रश्नहरु सोध्नु भएको थियो,भने केहि साथिहरुले कांग्रेस भित्र झाङ्गिएको गुट र उपगुट अनि अबको पार्टि नेतृत्व यो बदलिदो राजनिति परिस्थिति अनुकुल र समग्र कांग्रेसिहरुको भावना लाई सम्बोधन हुनु पर्ने जस्ता बिषय केन्द्रीत थिए। कार्यक्रम मा उठेका प्रश्नलाई सापेक्षिक सम्बोधन हुने ढंगबाट नेता लेखकले जवाफ दिदै उपस्थित पदाधिकारी हरुलाई सान्त्वना दिनु भएको थियो। साथै पार्टिका बिधानको सम्बन्ध मा पनि केहि समय खर्चेर सबैलाई ब्रीफिङ गर्नु भएको थियो । कार्यक्रम मा उपस्थित सम्पुर्ण ब्यक्तिहरु धन्यवाद दिनु हुँदै सभापति खगेस्वर अधिकारी ज्यु ले कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...