नेपाली कांग्रेसका केन्द्रिय युवा नेता प्रदिप पौडेल तथा नेपाली कांग्रेस धादिङ्गका अध्यक्ष रमेश धमला अन्तरक्रिया कार्यक्रममा भाग लिन इजरायल आउने ।

राजनीति

नेपाली कांग्रेसका केन्द्रिय युवा नेता  प्रदिप पौडेल तथा नेपाली कांग्रेस धादिङ्गका अध्यक्ष रमेश धमला अन्तरक्रिया कार्यक्रममा भाग लिन इजरायल आउने ।
नोभेम्बर ३० इजरायल :-नेपाली कांग्रेस समर्थकहरुको बैदेशिक संगठन नेपाली जनसम्पर्क समिति इजरायल परिवारले आउदो डिसेम्बर महिनाको १३ तारिखको दिन तेल अभिव स्थित यशोधामाला ४४ मा ''नेपालको समृद्धिमा प्रबासी नेपालीको योगदान, बैदेशिक रोजगारी र चुनौतीका सम्बन्धमा नेपाली काङ्ग्रेसको भुमिका'' बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । सो अन्तरक्रिय कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बौद्धिक, गतिशिल, युवा नेता प्रखर बक्ता श्री प्रदिप पौडेल र नेपाली काङ्ग्रेस धादिङका सभापति बौद्धिक तथा युवा नेता, पर्यटन व्यावसायि TAAN का पुर्व अध्यक्ष श्री रमेश धमलाको उपस्थिती रहने नेपाली जनसम्पर्क समिती इजरायलका अध्यक्ष खगेश्वर अधिकारीले जानकारी दिएको छ ।यस बृहत कार्यक्रममा इजरायलमा रहनु हुने सम्पूर्ण देशभक्त पेशाकर्मी, बिद्यार्थी, धार्मिक तथा जातिय संस्थाका प्रतिनिधि ज्यु, सामाजिक व्यक्तीत्व र सम्पुर्ण इजरायलबासी दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको लागी अनुरोध गरिएको छ । साथै १४ तारिख शनिबारको दिन नेपालबाट आउनु हुने अतिथिको साथमा बेत्लेखेम र मृत सागर (डेड सि )को भ्रमण पनि आयोजना गरिएकोले भ्रमण जान इच्छुकहरुले समयमा नै सम्पर्क गर्नु हुन सम्पूर्ण इजरायलबासीमा नेपाली जनसम्पर्क समिती इजरायलले अनुरोध गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...