नेपाली कांग्रेस तनहुँमा जोशी समूह र पौडेल समुहमा विवाद ,कार्यालय तोडफोड ।

राजनीति

नेपाली कांग्रेस तनहुँमा जोशी समूह र पौडेल समुहमा विवाद ,कार्यालय तोडफोड ।
मे २ पोखरा :-नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी निकट समूहले स्थापना गरेको नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताले तनहुँको व्यास नगरपालिका २ स्थित मालपोत लाइनमा रहेको जोशी निकटको पार्टी कार्यालय बुधबार तोडफोड गरेका हुन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आयोजना गरेको र्‍यालीमा सहभागी कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड च्यातेका हुन् । जोशी निकट कांग्रेस तनहुँका प्रवक्ता हरिशरण पण्डितले कायरतापूर्वक पार्टीको बोर्ड च्यातिएको प्रतिक्रिया दिए । उनले पार्टी कार्यालय तोडफोड गर्नु आपराधिक काम भएको भन्दै दोषीलाई कारबाहीको माग गरे । उनले भने, ‘आफैंले मान्दै आएको श्रद्धेय नेताको तस्बिर र चुनाव चिन्ह भएको बोर्ड च्यातेर राम्रो काम गरेनन् ।’ नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र पूर्व सहमहामन्त्री जोशीबीचको टकरावले तनहुँमा समानान्तर पार्टी समिति गठन भएको छ । गत माघ ८ गते जोशी पक्षले विशेष अधिवेशन भन्दै समानान्तर समिति गठन गरेका थिए । गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका जोशीको उम्मेदवारी पौडेलको निवेदनका आधारमा खारेज भएपछि जोशी पौडेलविरुद्ध आक्रामक बन्दै आएका छन् । उम्मेदवारी खारेज भएसँगै विपक्षीलाई जिताउन खुलेर लागेको आरोप जोशीविरुद्ध लागेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...