नेपाली जनसम्पर्क समिती इजरायलको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

राजनीति

नेपाली जनसम्पर्क समिती इजरायलको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।
डिसेम्बर १७ इजरायल :-नेपाली जनसम्पर्क समिती इजरायलको आयोजनामा ''नेपालको समृद्धिमा प्रबासी नेपालीको योगदान वैदेशिक रोजगारी र चुनौती सम्बन्धमा नेपाली काङ्ग्रेसको भुमिका'' बिषयमा खुल्ला अन्तरक्रिया कार्यक्रम १३ डिसेम्बर शुक्रबार तेल अभिव इजरायलमा सम्पन्न गरेको छ ।नेपाली जनसम्पर्क समिती इजरायलका सभापती खगेश्वर अधिकारीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ,युवा नेता ने बि संघका पुर्व अध्यक्ष प्रदिप पौडेल प्रमुख अतिथीको रुपमा र नेपाली काङ्ग्रेस धादिङ जिल्ला सभापति टानका पुर्व अध्यक्ष रमेश प्रसाद धमला बिशिस्ट अतिथीको रुपमा उपस्थित रहेका थिए । कार्यक्रममा इजरायलमा रहेका राजनीतिक, सामजिक, मिडियाकर्मी, जातिय, धार्मिक साहित्यिक संघसंस्था प्रतिनिधिहरु तथा नेपाली कांग्रेस प्रती आस्था राख्ने नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति, प्रमुख अतिथी, बिशिस्ट अतिथीबाट दिप प्रज्व्लन गरि कार्यक्रमको समुदघाटन गरिएको थियो भने ज्ञात अज्ञात शहिदहरु प्रती मौन धारणा गरि कार्यक्रम शुरु भएको थियो ।साथै नेपाली काङ्ग्रेसका संस्थापक नेता समाजबाद सिद्दान्तका प्रतिपादक बिपि कोइरालाको तस्बिरमा माल्यापर्ण पछि सांस्कृतिक बिभाग प्रमुख लाल दुरा र सहमहामन्त्री माया खनाल, सुर्य राना समीर छन्त्याल, चित्र जुग्जाली र भरत धमलाले स्वागत गित गाउदै अतिथी लगायत उपस्थित सम्पुर्ण लाई स्वागत गरेका थिए ।सस्थाकी प्रबक्ता रुकमाया खनालले स्वागत मन्तब्य ,नेपाली संघिय समाजबादी पार्टीका संयोजक सुन्दर योंजन तामाङ, प्रबासी नेपाली एकता मंचका प्रतिनिधि जय ओडारी, नेपाली जनसम्पर्क समिती इजरायलका सल्लाहकार सुरेन्द्र प्रसाइ , एन आर एन ए इजरायलका अध्यक्ष शान्ता अधिकारी, मिडियाकर्मीको तर्फबाट तामाङ अनलाइनका प्रधान सम्पादक बिबि लामा तामाङ र नेपाली जनसम्पर्क समिती इजरायलका निवर्तमान कार्यबाहक सभापति बर्तमान प्रमुख सल्लाहकार डम्बर गुरुङले आफ्नो महत्त्वपूर्ण मन्तव्य राखेका थिए । कार्यक्रमका बिशिस्ट अतिथी नेपाली काङ्ग्रेसका युवा नेता टानका पुर्व अध्यक्ष धादिङ जिल्ला सभापती रमेश प्रसाद धमलाले वर्तमान राजनीति परिबेश र सरकारले गरेका गलत क्रियाकलापको बारेमा जनताले खबरदारी गरीरहनु पर्नेमा जोड दिएका थिए ।प्रमुख अतिथी नेपाल नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष नेपाली काङ्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले काङ्ग्रेस सधै जनाताको साथमा रहेको र अबको भाबीदिनमा पनि जनताको साथमा रहेर आफ्नो पार्टीले कार्यसम्पादन गर्ने र सरकारको गलत रबैया गलत कार्य प्रती काङ्ग्रेसले कुनै सम्झौता नगरी सदन र सडकबाट सरकारको सहि कामलाई समर्थन गर्ने र गलत कामको खबरदारी गर्ने बताएका थिए । उक्त कार्यक्रमका सभापति खगेस्वर अधिकारीले उपस्थित सम्पुर्णलाई धन्यबाद दिनु हुँदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।कार्यक्रमका संयोजक महामन्त्री राज छत्कुलीले गरेका थिए भने कार्यक्रम संचालन महामन्त्री सुर्य बहादुर रानाले गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...