नेपालमा ३१४ नया कोरोना संक्रमित पुष्टि ,संक्रमितको संख्या ३७६२, मृत्यु १४ जना।

स्वास्थ्य

नेपालमा ३१४ नया कोरोना संक्रमित पुष्टि ,संक्रमितको संख्या ३७६२, मृत्यु १४ जना।
जुन ८ काठमाडौँ :- नेपालमा सोमवार ३१४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। स्याङ्जा जिल्लामा थप एकको कोरोना(कोभिड १९ )का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।कोरोना(कोभिड- १९ )का कारण मृत्यु हुनेको कुल सङ्ख्या १४ पुगेको छ। त्यसैगरी नेपालमा सोमवारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ३,७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन्।सोमवार पीसीआरबाट ४,७६६को परीक्षण गरिएको र आरडीटीबाट ११,९४२ जनाको परीक्षण गरिएको प्रवक्ता गौतमले जनाए।त्यसैगरी हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट ४८८ जना निको भएको बताइएको छ।मन्त्रालयले बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्या ३३४ जनामा र शुक्रवार २७८ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...