नेपालमा २४६ जना नया कोरोना संक्रमित पुष्टी ,१२ बर्ष मुनिका र ६० बर्ष माथिका वृद्दहरु घर बाहिर ननिस्कन आग्रह।

अन्य

नेपालमा २४६ जना नया कोरोना संक्रमित पुष्टी ,१२ बर्ष मुनिका र ६० बर्ष माथिका वृद्दहरु घर बाहिर ननिस्कन आग्रह।
अगस्ट २ काठमाडौँ :-आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् । साथै कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनेको भन्दै ६० वर्षमाथिका वृद्ध र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको हो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...