नेपाल टेलिकमले तिहारको अवसरमा छुट दिने ।

अन्य

नेपाल टेलिकमले तिहारको अवसरमा छुट दिने ।
अक्टुबर १७ काठमाडौँ :-नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ ।टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ । सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यस्तै टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिनेछ । युट्यूब डाटा प्याकमा पनि छुट दिने भएको छ । रु १०० मा एक जिबी डाटा उपलब्ध गराउनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ । यस्तै रु ६० मा ५०० एमबी डाटा भोल्यूम प्राप्त हुने र त्यसको अवधि १४ दिनको हुने टेलिकमले जनाएको छ । यस्तै रु १० मा ११ मिनेट आफ्नै नेटवर्कभित्र कुराकानी गर्न सकिने र आधारभूत एवं सिडिएमए नेटवर्कभित्र रु २०० मा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइएकोमा कात्तिक महिनाभर १०० स्थानीय कल थप गरी मासिक महशुलमा रु २७५ कल निःशुल्क उपलब्ध गराइने छ ।कात्तिक महिनाभर फोरजी सिम निःशुल्क परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...