नेपाल तरुण दलले ६७ औ स्थापना दिवस भब्य रुपले मनाउने ।

राजनीति

नेपाल तरुण दलले ६७ औ स्थापना दिवस भब्य रुपले मनाउने ।
अक्टुबर १९ काठमाडौँ :-नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस भव्यताका साथ देशभर मनाउने भएको छ । दलको कार्यालय कुलेश्वरमा शुक्रबार बसेको बैठकले दलको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते रचनात्मक र सृर्जनात्मक क्रियाकलाप गरेर देशभर स्थापना दिवस मनाउने निर्णय गरेको हो । दलका अध्यक्ष जीतजङ्ग बस्नेतले रक्तदान, खेलकूद, सरसफाइ, विचारगोष्ठी, र्‍याली, प्रभातफेरी, चियापानलगायतका कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिनुभयो । दलले स्थापना दिवस भव्यताका साथ मनाउन सबै जिल्लालाई परिपत्रसमेत गरेको छ । विसं २०७३ मा निर्बाचन भएको तरुण दलले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...