नेपाल सरकारले लक् डाउन जेठ २० गते सम्म लम्ब्याउने निर्णय ,संक्रमित संख्या २९५।

स्वास्थ्य

नेपाल सरकारले लक् डाउन जेठ २० गते सम्म लम्ब्याउने निर्णय ,संक्रमित संख्या २९५।
मे १७ काठमाडौं:-सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । भने दिन प्रति दिन कोरोना संक्रमित बढ्दै गईरहेको छ। प्रदेश १ मा आइतबार तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । उनीहरुको स्वाब विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित विराटनगर निवासी ३६ वर्षीय पुरुष र २९ वर्षीया महिला छन् । धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ।यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।आइतबार थपिएका तीनजनासहित प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...