नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्सद्वारा मनाए ।

विदेश

नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व  आदिवासी जनजाति  दिवस जुम भर्चुअल भिडियो कन्फरेन्सद्वारा मनाए ।
अगस्ट १० मनु कोंमे तमु /युएई :- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले २६ औं विश्व आदिबासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स बाट शुभकामना आदान प्रदान गरि ओैपचारिक रुपमा मनाएको छ।नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा सम्पन्न भएको जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका संरक्षण समितिका अध्यक्ष , निवर्तमान अध्यक्ष एवम् एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा, नेफिन युएई प्रशिक्षण बिभाग प्रमुख, भुपु अध्यक्ष, एवम् आदिवासी जनजाति महासंघ युएईका अग्रज अभियन्ता डेर राज गुरुङ, नेफिन युएई संरक्षण समितिका सदस्य एवम् नेवाःपुचः युएईका प्रमुख संरक्षक तथा भुपु अध्यक्ष प्रमोद श्रेष्ठ रहेको थियो । जुम भर्चुअल भिडियो कन्फरेन्स अन्तरक्रिया कार्यक्रममा बिशेष अतिथिहरु द्धारा शुभकामना मन्तब्य राखेको थियो भने नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका महासचिव कुमार बलामीले स्वागत मन्तब्य सहित कार्यक्रम सन्चालन गरेका थिए । उक्त कार्यक्रमका सभापति नेफिन युएईका अध्यक्ष महेश मोक्तानले आफ्नो शुभकामना मन्तब्य सहित ओैपचारिक कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका बरिष्ठ उपाध्यक्ष बिजया लक्ष्मी राई,सदस्य खोरबाबु महतो र कृष्ण चौधरीले सहभागीता जनाएका थिए । जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा सहभागिता जनाएका नेफिन युएईका सम्पुर्ण पदाधिकारीहरु र बिविध कारणवश सहभागिता जनाउन नसकिएका सम्पुर्ण पदाधिकारीहरु लाई नेफिन युएईका महासचिव कुमार बलामीले नेफिन युएईको तर्फबाट हार्दिक आभार सहित शुभकामना व्यक्त गरेका छ । २६ औं बिश्व आदिवासी जनजाति दिवस यस पटक बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड - १९ कोरोना भाइरसको असरले गर्दा गत बर्षहरुमा झैं विभिन्न जातिय भेषभुषा, झाँकी र बिविध कार्यक्रम सहित भब्य रुपमा मनाउने योजना रहेता पनि बाध्यताबश कार्यक्रम गर्न असमर्थ भएको छ । आगामी बर्ष प्रत्येक बर्ष झैं बृहत् कार्यक्रमहरु सहित मनाउन सबैको साथ र सहयोग पाउने अपेक्षा समेत नेफिन युएईले गरेको छ भने आगामी दिनहरुमा आदिवासीहरुको पहिचान हरेक मुद्दामा, तथा हक हितको संरक्षणको लागि नेफिन युएई निरन्तर लागि रहने महासचिव कुमार बलामीले बताएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...