नेपाल मगर संघ शाखा युएई क्षेत्रीय समितिको अधिवेशन भव्यताका साथ सम्पन्न ।

विदेश

नेपाल मगर संघ शाखा युएई क्षेत्रीय समितिको अधिवेशन भव्यताका साथ सम्पन्न ।
जुलाई २८ फलेन्द्र मगर / युएई :-युएईमा नेपाल मगर संघको अल एन क्षेत्रीय समितीको अधिबेशन सम्पन्न भएको छ । नेपाल मगर संघ , शाखा युएई अल ऐन क्षेत्रीय समितिको २०१९-२०२१ को नयाँ कार्यकालको लागी बल बहादुर रजान मगरको नेतृत्व मा २१ सदस्यीय क्षेत्रीय समिति को गठन गरेको छ । नेमस शाखा , युएईका अध्यक्ष टंक थापा मगरको प्रमुख आतिथ्य मा सम्पन्न भएको अधिवेशनमा, विभिन्न संघ संस्था का प्रतिनिधिहरु लगायत केन्द्रिय कमिटीका प्रतिनिधिहरू ले सफल कार्याकालको लागि शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य का क्रममा केन्द्रिय सदस्य डिबि समर्पण मगरले, संघ भित्र साझा असमझदारी , असमन्ता , विकृति र विसंगतिहरुलाई चिर्दै अब आउने दिनहरूमा हामी मगरहरुले अझ सशक्त ढंगले एकता बद्ध भइ संघ लाई मजबुत बनाउन कुनै पनि कसर नराख्ने कुरा बताउनुभयो । संघलाई उच्च तहमा पुर्याउन को लागि अग्रज तथा बुद्धिजीवीहरुलाई सहयोग , साथ र सुझावका लागी पनि आव्हान गरे ।

नया कार्य समिती :- १ अध्यक्ष - बल बहादुर रजान मगर २ उपाध्यक्ष - माेति राना मगर ३ सचिब - राम कुमार बुढा मगर ४ सह सचिब -अारति दरलामी मगर ५ काेषाअध्यक्ष - बिगम्बर बुढा मगर ६ सह काेषाअध्यक्ष - सरु थापा मगर सदस्यहरू ७ बिनाेद दरलामी मगर ८ पदम पल्ली मगर ९ राजा सिंह राना मगर १० यम कुमारी श्रीस मगर ११ साेभा मगर १२ सुरेश पुलामी मगर १३ ईन्द्र थापा मगर १४ साेम बहादुर सारु मगर १५ केशर बहादुर पाडें मगर १६ लिम्बर दिशा मगर १७ दम बहादुर मगर १८ श्याम लाल घर्ती मगर १९ प्रदिप मगर २० तिलक थापा मगर २१ हस्त बहादुर सिजाली मगर

नयाँ कार्यसमितिका पदाधिकारीलाई  निर्वाचन समितिका संयोजक राजु सिंजाली मगरले पद तथा गोपनियताको सपथ सँगसँगै प्रमाणपत्र सहित बधाई तथा शुभकामना दिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...