नवलपुरको चोरमारामा कुटपिटबाट एक युवाको मृत्यु।

अपराध

नवलपुरको चोरमारामा कुटपिटबाट एक युवाको मृत्यु।
मंसिर १७ नवलपरासी :- नवलपुरको चोरमारामा शुक्रबार कुटपिटबाट एक युवाको मृत्यु भएको छ ।जिल्लाको कावासोती नगरपालिका – १६, मध्यबिन्दु अस्पताल अगाडी केही व्यक्तिहरुको कुटपिटबाट २३ बर्षीय विष्णु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारको क्रममा मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । प्रहरीले कुटपिटमा संलग्न रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका – १४ का २१ बर्षीय सुदिप क्षेत्री र १७ बर्षीय अमित गुरुङ, मध्यबिन्दु नगरपालिका- ४ का १९ बर्षीय सन्दिप क्षेत्री, हुप्सीकोट गाँउपालिका -०३ का ३५ बर्षीय कृष्ण वाग्ले, रामग्राम नगरपालिका- ४ का २१ बर्षीय गणेश कुमार ठाकुर र डोल्पा लिकु गाँउपालिका- ०७ का १७ बर्षीय अर्जुन पुन रहेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...