नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल शाखाको तीज कार्यक्रम भब्य रुपले सम्पन्न |

विदेश

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल शाखाको तीज कार्यक्रम भब्य रुपले सम्पन्न |
असोज ३ तेजेन्द्र गुरुङ तेल अभिव :-हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ को पावन अवसर मा नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितिको आयोजनामा दर भोज र शुभ कामना आदान प्रदान कार्यक्रम सेप्टेम्बर १४ शुक्रबार २०१८ को दिन नेपाल एम बि सी अगाडी सी साइड तेल अभिभमा शब्य र भब्य तरिकाबाट सम्पन्न भयो | इजरायल समन्वय समितिको संयोजक श्री सानु खतिवडाको सभापतित्वमा भएको सो कार्यक्रममा समितिका बरिष्ठ सहसंयोजक श्री भीमा थापाले स्वागत मन्तब्य दिनु भएको थियो भने केन्द्रिय उपाध्यक्ष श्री गणेश गिरीले शुभकामना मन्तब्य दिनु भएको थियो |इजरायलबासी नेपालीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रम हर्सौल्लास र रमाइलो बाताबरणमा नाचगान सहित शुभकामना आदान प्रदान गर्दै मनाएको थियो | उक्त दर भोज ब्याबस्थापन मा इजरायल मा रहनु हुने नमस्ते नेपाल केन्द्रीय समिति , केन्द्रीय सल्लाहकार समिति इजरायल समन्वय समिति ,सल्लाहकार समन्वय समितिको संयुक्त सहभागीतामा आमन्त्रित पाहुनाहरुलाई नि ;शुल्क दर भोजको ब्यबस्था गरिएको थियो | सोहि कार्यक्रम कै बिचमा उक्त दिन समन्वय समितिकी सचिब चिनु सुबेदी कोष -अध्यक्ष अमिरा थापा र केन्द्रिय सल्लाहाकार इन्दिरा के सी ज्युको जन्म दिन पनि परेको हुनाले सयुक्त रुपमा केक काटेर जन्म दिन मनाएको थियो |समितिकी सचिब चिनु सुबेदी ले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा राति १२ बजे समापन गरीएको  थियो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...