नागरिकलाई नयाँ ढंग र उत्कृष्ट तरीकाले प्रभावकारी सेवा दिनुपर्ने, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल |

अन्य

नागरिकलाई नयाँ ढंग र उत्कृष्ट तरीकाले प्रभावकारी सेवा दिनुपर्ने, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल |
भदौं १९ पर्सा :-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आमनागरिकको समस्यालाई बुझेर नयाँ ढंग र उत्कृष्ट तरीकाले प्रभावकारी सेवा दिनुपर्ने बताउनु भएको छ ।पर्सा वीरगंज महानगरपालिका-४ स्थित वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित कार्यालय तथा व्यारेक भवनको सोमबार आयोजित एक समारोहबीच उद्‍घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी दक्षिण एशियामा उत्कृष्ट रहेको चर्चा गर्दै प्रहरीलाई अझ उत्कृष्ट बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रहरी सेवालाई नागरिक केन्द्रीत बनाउन कटिवद्ध भई काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले गलत कार्य गर्नेलाई कारवाही र उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गरिने बताउनुभयो । प्रहरी महानिरीक्षक खनालले स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम राख्न, जनताले अनुभूति गर्ने गरी न्याय सम्पादन गर्न र समृद्ध मुलुक निर्माणमा सरोकारवाला सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । कुल २ करोड ५४ लाख २ सय ७२ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको उक्त ५ तले भवनबाट आजैदेखि कार्यालय सेवा सुचारु गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले समेत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय बाराको हाताभित्र नव निर्माण भएको कार्यालय भवन, हिरासत कक्ष र व्यारेक भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको थियो । कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्य, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायत स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...