मुस्लिम समुदायले आज बकर ईद मनाउदै |

अन्य

मुस्लिम समुदायले आज बकर ईद मनाउदै |
भदौं ६ काठमाडौं:-मुस्लिम समुदायले आज महान् पर्व बकर ईद (इदुल जोहा) मनाउँदैछन् । चितवनसहित मुश्लिम बाहुल्य भएको क्षेत्रमा आज बकर ईद मनाईदैछ ।बकर ईदको अवसरमा प्रदेश ५ सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा)का अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।यहाँका मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर ईदका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै सोमबार प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड इद उल जोहा (बकर इद)को अवसरमा देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना दिएका छन् । रा स सा

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...