मुग्लिङ्ग नारायणगढ सडकमा ढुंगा खस्न थाले पछी पालैपालो सवारी साधन संचालनमा |

अन्य

मुग्लिङ्ग नारायणगढ सडकमा ढुंगा खस्न थाले पछी पालैपालो सवारी साधन संचालनमा |
श्रावण १८ काठमाडौँ :- मुग्लिन -नारायणगढ सडकखण्डको घुमाउनेमा ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन सञ्चालन गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार चट्टानको चरबाट पानी छिरेसँगै ढुंगा खस्ने समस्या आएको हो । प्रहरीले बुधबार बिहानबाट ढुंगा खस्ने अवस्था हेरी पालैपालो सवारीसाधन सञ्चालन गरिरहेको छ । प्रहरी चौकी जुगेडीका प्रमुख पदम बस्ताकोटीका अनुसार बुधबार बिहान ३ बजेबाट नियमितरुपमा निगरानी राखेर पालैपालो सवारी सञ्चालन गरिएको बताउनुभयो । सो सडकको २७ किलो भन्ने भालुढंगामा पनि सोही प्रकृतिको पहाड छ । सो क्षेत्रमा पनि समय समयमा ढुंगा खसेर दुःख दिँदै आएको छ । सो सडक विस्तारको अन्तिम चरणमा छ । सडक विस्तार गर्ने क्रममा भित्तो काटिएपछि पहिरो जाने र ढुंगा खस्ने समस्या देखिँदै आएको छ । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...