मुग्लिङ्ग नारायणगढ सडक फेरि अबरुद्द |

अन्य

मुग्लिङ्ग नारायणगढ सडक फेरि अबरुद्द |
श्रावण २१ चितवन :-निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो । जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ । त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड अन्तर्गतको फिस्लिङमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।लगातार पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...