मोटरसाइकल किनेको खुसीमा साथीहरुलाई पार्टी दिन हिंडेको युवक मृत अवस्थामा भेटियो ,४ जना प्रहरी हिरासतमा।

अन्य

मोटरसाइकल किनेको खुसीमा साथीहरुलाई पार्टी दिन हिंडेको युवक मृत अवस्थामा भेटियो ,४ जना प्रहरी हिरासतमा।
जुन १४ पोखरा :- पोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।पोखरा महानगरपालिका-२९ पट्नेरीका २० बर्षीय अमित रसाइली मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।रसाइलीको शव आइतबार पोखरा -३२ स्थित सेती नदिको बिचमा फेला परेको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए । शनिवार रातको करिव ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथिहरुलाई पार्टी दिन भनेर पोखरा -३३ बाघमारा चौरमा हिडेका उनी आइतबार बिहान ७:१० बजे मृत भेटिएका हुन् ।पार्टी दिन गएका युवक हराएको भनि आइतवार बिहान ३:३० मा खबर पाएपछि कास्की प्रहरीले खोजतलास थालेको थियो ।प्रहरीले रसाइलीसँगै गएका ४ जना साथीहरुसँग सोधपुछ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...