मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए ।

विदेश

मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए ।
जुलाई १० बोम्जन गुरुङ / दक्षिण कोरिया :-ईपीयस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको आनसान शहर नजिकै मोटर पार्ट्स कम्पनीमा कार्यरत ३८ वर्षीय ओम प्रकाश माझीको सुतेकै अवस्थामा थापाको निधन भएको छ । मोरङ जिल्लाको बिराटनगर स्थायी घर भई विगत ८ वर्षदेखि कार्यरत माझी सोमबार बेलुका कम्पनीको काम सकेर परिवारसँग कुरा गरेर सुतेका थिए । डायनामिक मोरङ कमिटीका अध्यक्ष विनोद बुढाथोकीका अनुसार उक्त कम्पनीमा उनी मात्र नेपाली रहेको र साहुले अन्य देशका कामदार ल्याउने नेपाली नल्याउने भन्ने कुराको चिन्ता पछि एक्लो महसुस गर्दै आएका उनी पहिला देखि नै निन्द्रा नलाग्नेको र डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए । कोठामा एक्लै सुत्ने गरेका उनी मंगलबार साँझसम्म पनि नउठेपछि उनका सहकर्मीले प्रहरी खबर गरी कोठाको चुकुल खोलेर हेर्दा मृत अवस्थामा फेला परेका थिए । वैधानिक रुपमा कोरियाको पहिलो कार्यकाल अर्थात ४ वर्ष १० महिना पूरा गरेर फेरि ३ वर्ष अघि दोश्रो कार्यकालका लागि कोरिया आएका उनका परिवारमा बुवाआमा, श्रीमती र दुई वर्षका एक छोरा छन् । कोरियामा पटक पटक औधोगिक दुर्घटना, हृदयघात लगायत सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या बढिरहेको छ । अहिले मृतक माझीको शव आन्सान नजिकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनको बारेमा छिटै परिवारसँग सल्लाह गरिने नेपाली राजदुतावास सउलका कार्यवाहक राजदूत रामसिं थापाले बताएका छ्न।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...