मेलम्चीको पानी चैत्र १५ भित्र काठमाडौँको धारामा झार्ने |

अन्य

मेलम्चीको पानी चैत्र १५ भित्र काठमाडौँको धारामा झार्ने |

जनवरी २६ काठमाडौँ :-काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले चैत १५ गतेसम्म मेलम्चीको पानी काठमाडौंमा आउने बताएको छ ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजनाले ७७ किलोमीटर थोक वितरण प्रणालीमध्ये ६७ किलोमीटर पाइप बिच्छ्याइ सकिएकाले चैत १५ सम्म काठमाडौंका धारामा पानी खसाल्ने जानकारी दिएको हो ।

यसैगरी ६ सय ७० किलोमीटर वितरण सञ्जालमध्ये ६ सय ४४ किलोमीटर पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताउनुभयो ।बजेट अभावका कारण धूमबाराही–महाराजगञ्ज–सामाखुसी–कलंकी क्षेत्रको ३ सय किलोमीटर क्षेत्रमा वितरण सञ्जाल स्थापना हुन सकेको छैन । यो क्षेत्रमा पाइप बिच्छ्याउन आठ अर्ब बढी बजेट आवश्यक पर्नेछ । बजेटका लागि एसियाली विकास बैंकसँग कुरा भइरहेको निर्देशनालयले जनाएको छ ।

पाइप बिच्छ्याउन भत्काइएको सडकमध्ये ६१ किलोमीटर सडक विभागलाई कालोपत्रका लागि सम्झौता भई काम सुरु भएको छ । उपत्यकामा पानी वितरण गर्न ८४ हजार २ सय १७ घरमा धारा जडान गर्नुपर्नेमा हालसम्म ४५ हजार १ सय ८६ घरमा धारा जडान भइसकेको आयोजनाले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...