महानगर पालिकाको गाडी जलाउने बिधार्थी नेताहरु साधारण तारेखमा रिहा |

राजनीति

माघ २५ पोखरा :- महानगर पालिकाको गाडीमा आगजनी गर्ने नेपाल विद्यार्थी संघका तीन जना नेताहरु लाई जिल्ला अदालत कास्कीले साधारण तारेखमा छाडेको छ । विद्यार्थीहरु रिहाईको माग सहित नेविसंघले आन्दोलन गर्दै आएको थियो । तीन जना विद्यार्थीलाई जिल्ला अदालतले साधराण तारेखमा छाडेको नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । पोखरा महानगरपालिका शिक्षा शाखाको गाडी जलाएको आरोपमा प्रहरीले नेविसंघका ५ नेतालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये राजेन्द्र बराल र लक्ष्मी पौडेल पहिले नै छाडेको थियो भने परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई शुक्रबार अदालतले साधारण तारेखमा छाडेको हो

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...