मापसे गरेर गाडी चलाउने ,यातायात कार्यालय गण्डकी सवारी चालक अनुमतीपत्र शाखाका हाकीम यादवले मोटर साइकललाई ठक्कर दिए |

अन्य

मापसे गरेर गाडी चलाउने ,यातायात कार्यालय गण्डकी सवारी चालक अनुमतीपत्र   शाखाका हाकीम यादवले मोटर साइकललाई ठक्कर दिए |
जुलाई १४ पोखरा :-यातायात व्यवस्था कार्यालय गण्डकी, सवारी चालक अनुमति पत्र शाखाका हाकिम चढेको गाडीले आफ्नै कर्मचारीको खुट्टा भाँच्ने गरी ठक्कर दिएको छ । पोखरा छोरेपाटनमा भएको दुर्घटनामा दीपक खत्री घाईते भएका छन् । गाडीमा सवार हाकिम तेजनारायण यादव र लक्ष्मण बानियाँ कास्की प्रहरीको नियन्त्रणमा छ । सार्वजनिक बिदाको दिन शनिबार  कार्यालयबाट बनभोज जाने योजना बन्यो ,पिकनिकमा कार्यालयका प्रमुख तेजनारायण यादव समेत मादक पद्धार्थ सेवन गरे । सँगै फर्कदाँ अगाडि अगाडि रहेको मोटरसाइकलमा सवार खत्रीलाई हाकिमको गाडीले ठक्कर दियो । घटनापश्चात् हाकिमको सरकारी नम्बर प्लेटको गाडी बा २ झ २४३४, मोटरसाइकल र संलग्न २ जनालाई ट्राफिक प्रहरी छोरेपाटनबाट, वडा प्रहरी कार्यालय बैदाम हुँदै जिल्ला प्रहरी कार्यालय लगिएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए । मापसे गरेका हाकिमले नै गाडी ठोकेको प्रत्यक्षदर्शीले जनाएका छन् । तर, प्रमुख यादवले भने आफूले नचलाएको दाबी गरेका छन् । लक्ष्मण बानियाँले आफूले चलाएको बताएको डिएसपी कार्कीले बताए । उनले यस विषयमा अनुसन्धान भईरहेको र घाईतको उपचार पनि भईरहेको जनाए । कास्की प्रहरी प्रमुख प्रहरीउपरिक्षक ओम बहादुर रानाका अनुशार यादवले मादक पदार्थ सेवन गरेको जनाएको छ |  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...