लखन थापा शालीक बिबाद अदालतमा पुगेयो ।

जनजाती बिशेस

लखन थापा शालीक बिबाद अदालतमा पुगेयो ।

अक्टुबर १५ पोखरा ;-पृथ्वीचोकको नेपाल कै प्रथम शहीद लखन थापाको शालिक ट्राफिक ब्यबस्थापनमा कठिन भएको निहुमा भक्काएको र पुन राख्न लागिएको काम रोक्न उच्च अदालत पोखरामा रिट दर्ता भएको छ ।विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खराल र सदस्य मीलनप्रसाद तिवारीले मंगलबार निशेधाज्ञा माग गर्दै रिट दर्ता गरेका हुन् । उक्त रिटमा बुधबार भएको बहसपछि अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश रामजी प्रधानको एकल इजलाशले उक्त आदेश जारी गरेको हो । रिटमा जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र मगर संघ कास्कीलाई विपक्षी बनाइएको छ ।सहरका बीचका चोकमा शहीद, विभूतिका शालिक राख्न आवश्यक नभएको, पृथ्वीचोकमा शहीद लखन थापा थापको शालिक हटाएसकेको अवस्थामा फेरि राख्न लागिएकोमा उक्त कार्य रोक्न रिटमार्फत माग गरिएको छ ।

शालिक राख्ने नै हो भने पृथ्वीनारायण शाहको राख्न रिटमा माग गरिएको छ । बुधबारको बहसमा निवेदशको तर्फबाट माधव बास्तोला, गीता आचार्य, भरतराज पौडेल, खिमबहादुर थापाले बहस गरेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...