कुवेतमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु |

अन्य

कुवेतमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु |
भदौं ९ कुवेत :- बैदेशिक रोजगारीका लागि कुबेत पुगेका एक नेपालीको गत मंगलबर सवारि दुर्घटनामा परि निधन भएको छ।बुटवल १५-बेलाबास स्थायी ठेगाना भएका ३१ वर्षीय टुकबहादुर रायमाझीको मंगलबार राती कारको ठक्करले निधन भएको स्रोतले जानकारी दिएको छ। केहि दिन देखि कम्पनी होस्टेलमा नफर्किएको र काममा समेत नगएको जानकारीपछि खोजतलास गर्दा रायमाझीको सडक दुर्घट्नामा मृत्‍यु भैसकेको र उनको शव प्रहरीले कुवेतको फर्वानिया अस्पातल पुर्याएको पत्ता लागेको कुबेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ | पछिल्लो एक महिनामा मात्रै कुबेतमा विविध कारणले ५ जना नेपालीको मृत्यु भैसकेको छ भने खाडी देशमा काम गर्न धेरै नेपालीहरु ,सवारी दुर्घटना तथा हृदयघातका कारण समेत ज्यान गुमाउन पुगेको देखिन्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...