कुवेतबाट आएका ५ महिला गण्डकी प्रदेशमा कोरोना संक्रमित।

समाज

कुवेतबाट आएका ५ महिला गण्डकी प्रदेशमा कोरोना संक्रमित।
जुन २८ पोखरा :-कोरोना संक्रमण पुष्टि भएका पोखराका ५ जना महिला कुवेतबाट आएको खुलेको छ । पोखरा महानगरपालिका स्रोतका अनुसार संक्रमित महिलामध्ये २ जना असार ४ गते, २ जना ६ गते र एकजना ७ गते पोखरा आएका हुन् ।पोखराको नदीपुरस्थित पद्म नर्सिङ होममा महानगरले बनाएको महिला क्वारेन्टाइनमा बसेका महिलामा कोरोना पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्वारेन्टाइनमा बसेका ४०, ३७, ३५, ३३ र ३० वर्षे महिलामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि हुनेमा वडा नम्बर ५ की ४० वर्षे महिला, वडा नम्बर १६ की ३३ र वडा नम्बर १७ की ३५ वर्षे महिला छन् । त्यसबाहेक बाँकी २ महिला वडा नम्बर ३२ का हुन् ।शनिबार साँझ पोखराका ५ सहित नवलपुरका ६ र स्याङ्जाका ५ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।कोरोना संक्रमण देखिनेमा कास्कीको पोखरा महानगरपालिकाका ५, नवलपुरको देवचुली नगरपालिकाका ३ पुरुष, ३ महिला र स्याङ्जाको भीरकोट नगरपालिकाका २ र गल्याङ नगरपालिकाका ३ पुरुष छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ५४ पुगेको छ । संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...