कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग ।

स्थानीय

कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा अग्निपिडितलाई सहयोग ।
जुलाई ८ बोम्जन गुरुङ/ सउल कोरिया :-स्याङ्जा जिल्लाको कालीग​ण्ड​की गाउँपालिका वडा नम्बर ५ स्थित बाँसटारीमा गत २०७६ चैत्र २९ मा भीषण आगलागीबाट अग्नि पीडित परिवारलाई कृष्ण गण्डकी समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।उक्त आगलागीबाट घर र गोठ गरी पाँचओटा भवनमा पूर्णरुपमा क्षति हुनुका साथै केही चौपायाको पनि जलेर नष्ट भएको थियो । आफ्नै घर-छिमेकमा सो दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कोरिया स्थित कृष्ण गण्डकी समाजले कोरियास्थित समाज निकट व्यक्तित्वहरुबाट आर्थिक सहयोग संकलन गर्दै राहत स्वरुप एक लाख तीस हजार रुपैंया प्रदान गरेको हो । अग्निपीडितहरुको जीवनस्तर सरल, सहज र राहतको प्रत्याभूति दिलाउन बनाउनका निम्ति हामीले सानो सहयोग गरेका मात्र हौं-संस्थाका अध्यक्ष प्रकाश भट्टराइले बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस र लकडाउनका कारण संकलित रकम प्रदान गर्न ढिलाई भएको संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार विजय थापाले जानकारी गराएका थिए । २०७७ असार २३ मा आयोजित अग्निपिडित परिवार राहत वितरण कार्यक्रममा सम्बन्धित कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाको विशेष उपस्थितिमा वडा नम्बर ५ अध्यक्ष लोकेदार थापा, कालीगण्डकी शिक्षा शाखा प्रमुख भिम प्रसाद श्रेष्ठ, शिक्षक कृष्णप्रसाद न्यौपाने साथै यस संस्थाका सल्लाहकार गोपाल न्यौपाने, हरी न्यौपाने, निवर्तमान संस्थापक सचिव युगचन्द्र भट्टराई, निवर्तमान सदस्य तथा कार्यक्रमका अध्यक्ष शिवप्रसाद न्यौपाने, सदस्य गोबिन्द न्यौपाने, अशोक भट्टराई, गोपाल पाण्डेय, पशुपति भट्टराई, सदस्य योज्ञस्वर, लगायत युवाहरु, समाजसेवी तारा प्रसाद न्यौपाने, चन्द्रकान्त न्यौपाने, रुपमागत न्यौपाने, डासुराम न्यौपानेको उपस्थितिका विच क्षति अनुसार राहत वितरण सम्पन्न गरिएको थियो । सबैको सदासयता, एकता र सद्भावले हरेक अभियानले मूर्त रुप लिन सकेको र सामाजिक सहयोगमा कृष्ण गण्डकी समाज निकै अगाडी रहेको कुरामा संस्थापक अध्यक्ष राजेश पाण्डेयले जोड दिए । कार्यक्रमका विच गाउँपालिका अध्यक्ष थापाले परदेशमा रगत र पसिना बगाएर श्रम गरिरहेका सहयोगी सम्पूर्णको जन्मभूमिको अगाध मायाप्रति खुलेर प्रशंसा गर्दै यसअघि कोरोना नियन्त्रणका लागी कालीगण्डकी गाउँपालिकाको राहत तथा प्रकोप व्यवस्थापन कोषका निमित्त कृष्णगण्डकी समाज दक्षिण कोरियाबाट बीस हजार रुपैंया उपलब्ध गराएको जानकारी गराएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...