कोरोनाबाट प्रत्येक मिनेट ४ जनाको मृत्यु |

अन्य

कोरोनाबाट प्रत्येक मिनेट ४ जनाको मृत्यु |
७ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो ।यसआधारमा हेर्दा एक घण्टामा २४६ र प्रति १ मिनेटमा ४ जना मानिसको मृत्यु भैरहेको छ ।हालसम्म कोरोनाबाट विश्वभरि ८ लाख भन्दा बढि मानिसहरुको मृत्यु भैसकेको छ । यसबाट करिब २ करोड ३४ मानिसहरु संक्रमित भएका छन् । सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्यु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...