कोरोना संक्रमित गम्भिर बिरामीको संख्या तिब्र रुपले बढ्दै ।

देश    स्वास्थ्य

कोरोना संक्रमित गम्भिर बिरामीको संख्या तिब्र रुपले बढ्दै ।
१० भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा गरी १४ जना भेल्टिलेटरमा छन् भने १५१ जना आईसीयूमा छन् । यसअघि बाग्मती प्रदेशमा मात्र संक्रिमितलाई भेल्टिलेटरमा राख्नु परेको थियो । तर बुधबार प्रदेश एकमा एक जना भेल्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बाग्मती प्रदेशमा १३ जना भेल्टिलेटरमा छन् । यस्तै प्रदेश १ मा १६ जना, २ मा ४४ जना, बाग्मतीमा ७१ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १७ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । जबकी साउन १९ मा १ जना मात्र भेल्टिलेटरमा थिए भने आईसीयूमा २६ जना संक्रमित थिए । भेल्टिलेटर तथा आईसीयूमा राख्नुपर्ने संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढेको छ । साउन १९ मा ०.३ प्रतिशत रहेको मृत्युदर भदौ १० मा ०.५ मा पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । ८५५ संक्रमित थपिए पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये काठमाडौं उपत्यकामा मात्र ३०१ जना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ हजार ७३९ आइसोलेसनमा छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...