कोरोना निको भएका दुई जनालाई फेरि संक्रमण देखियो ।

अन्य

कोरोना निको भएका दुई जनालाई फेरि संक्रमण देखियो ।
मे ६ काठमाडौँ :-नेपालमा कोरोना संक्रमित बिरामी निको भएर फेरि संक्रमण देखिन थालेपछि चिन्ता थपेको छ ।नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका २ जनामा पुनः पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार वैशाख ८, १० र १२ गते गरिएको पीसीआर परीक्षणमा तीनैचोटि नेगेटिभ आएपछि ४ जनालाई १४ गते डिस्चार्ज गरिएको थियो । ५ दिनपछि फलोअपमा बोलाएर रगत र घाँटीको र्‍यालको नमुना लिइएको थियो । शनिबार आएको पीसीआर परीक्षणको रिपोर्टमा दुई जनामा पोजिटिभ देखिएको हो । उनीहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । यस्तै, काठमाडौंको सनसिटीमा कोभिड–१९ पोजिटिभ देखिएका एक व्यक्तिलाई पाटन अस्पतालले फलोअपका लागि बुधबार बोलाएको छ । अस्पतालले ती व्यक्तिको र्‍यालको नमुना लिएर बुधबार पीसीआर परीक्षण गर्ने भएको छ । कोभिड–१९ का बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि पीसीआर मात्र नभई एन्टिबडीसमेत परीक्षण गर्नुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...