कोरियाबाट स्याङ्जाका पहिरो पिडितलाई दुई लाख रुपैंया सहयोग।

विदेश

कोरियाबाट स्याङ्जाका  पहिरो पिडितलाई दुई लाख रुपैंया सहयोग।
भदौ २१ बोम्जन गुरुङ/दक्षिण कोरिया :- कोरियास्थित अति सक्रिय संस्था स्याङ्जा परिवारले दुई संस्थाहरु कृष्णगण्डकी समाज दक्षिण कोरिया र विश्वभरि स्याङ्जालीहरुको छाता संगठन संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिसँग समन्वय गर्दै आफ्नै गृह जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं. ४ बिर्घाका पहिरोबाट पिडित आठ घरपरिवारलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण कार्य्रकम सम्पन्न गरेको छ । गत २०७७ असार ३० गते गएको पहिरोले सो ठाउँमा जनधनको अपुरणीय क्षति भएको थियो । पहिरोको कारण बेपत्ता सदस्य, मृतक तथा घाइतेहरुको उपचार र सम्बन्धित आठ परिवारलाई राहत र सान्त्वना स्वरुप खहरे स्थित विद्यालय प्रांगणमा सो कार्यक्रम आयोजना गरि रु. दुई लाख सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइराला, स्याङ्जा परिवार दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै संस्थाका निवर्तमान केन्द्रीय अध्यक्ष राजु भण्डारी, केन्द्रीय सदस्यहरु डिल्लु बिरकट्टा मगर र सितल राना मगर, निवर्तमान सदस्य माधव पाण्डे , कृष्णगण्डकी समाज दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै भुपु सचिव युगचन्द्र भट्टराई, सदस्यहरु प्रकाश भट्टराई, गोविन्द पाण्डे, मणिदेव पाण्डे, बुद्धिसागर भट्टराई, मोतिलाल भट्टराई, पशुपति भट्टराई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको तर्फबाट सह-कोषाध्यक्ष डोलराज डुम्रे, सदस्य धर्म पराजुली, सल्लाहकार/पत्रकार भूपराज बस्याल, सोही गाउँपालिका वडा नं. ४ अध्यक्ष चक्रपाणी पाण्डे र नेपाल तरुण दल गाउँपालिका अध्यक्ष सुन्दर पाण्डे, दर्शन राना, नारायण प्रसाद पाण्डेय, सन्तोष पाण्डेय, रमेश पाण्डेय लगायत स्थानीय आमा समूह, युवा क्लब लगायतको रहोवरमा पिडितहरु बिर बहादुर राना, देव बहादुर थापा, तिलिसरा थापा, विष्णुमाया थापा, सरुमा राना, जिन्ता थापा गरी ६ परिवारलाई जनही बीस हजार रुपैंया र चक्र बहादुर थापा र भोजराज पाण्डेको दुई परिवारलाई जनही चालीस हजार रुपैंयाका दरले जम्मा दुई लाख रुपैंया सहयोग स्वरुप रकम वितरण गरिएको थियो । कार्यक्रमका विच बोल्दै प्रमुख अतिथि सावित्रा कोइरालाले प्राकृतिक विपत्तिमा यसरी मानवीय संवेदनालाई ध्यानमा राखेर आर्थिक सहयोग जुटाएको र सदैव उत्कृष्ट समाजसेवा उन्मुख भूमिकामा रहेर संयोजन गर्ने स्याङ्जा परिवार दक्षिण कोरिया, समन्वयात्मक भूमिकामा रहेका दुई संस्थाहरु कृष्णगण्डकी समाज दक्षिण कोरिया र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको मुक्तकण्ठले प्रशंसा गर्दै सहयोगी सम्पूर्ण मनहरुमा आभार व्यक्त गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...