केएमसी अस्पतालमा मृत्यु भएका ब्यक्ती कोरोना संक्रमित पुष्टी।

स्वास्थ्य

केएमसी अस्पतालमा मृत्यु भएका ब्यक्ती कोरोना संक्रमित पुष्टी।
जुलाई ११ काठमाडौँ :-काठमाडौँ सिनामंगलस्थित केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषको उपचारका क्रममा अस्ति मृत्यु भएको थियो । मिर्गौलाको उपचार गराइरहेको पुरुषको कोरोनाको पनि परीक्षण गर्दा पोजेटिभ देखिएको उक्त अस्पतालले जानकारी दिएको छ । उनी स्वासप्रश्वासको समस्याबाट पनि ग्रसित भएको अस्पतालले जनाएको छ। कोरोना परिक्षणको रिपोर्ट हिजो शुक्रबार आएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ। कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...