काठमाडौँमा संक्रमित देखिए पछी बैशाख १५ सम्म नेपाल सरकारले लकडाउन बढायो ।

अन्य

काठमाडौँमा संक्रमित देखिए पछी बैशाख १५ सम्म नेपाल सरकारले लकडाउन बढायो ।
अप्रिल १४ काठमाडौँ :-काठमाण्डू पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएको एक परिवारका दुई जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकै दिन मन्त्रिपरिषद्ले देशभर जारी 'लकडाउन' वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।तीन सातायता मानिसहरूको हिँडडुल र सवारी आवतजावतमा लगाइएको प्रतिबन्ध थप १२ दिनको थप्न लागिएको हो ।मङ्गलवार भारतले त्यहाँ लगाइएको 'लकडाउन' वैशाख २१ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो।मङ्गलवार पेप्सीकोलामा सङ्क्रमित पुष्टि हुनेहरू लण्डनबाट चैत पहिलो साता नेपाल आएको बताइएको छ। हालसम्म नेपालमा १६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएकोमा लगभग सबैजना विदेशबाट आएकाहरू रहेका छन्।पछिल्लो समय भारतसँगका खुला सिमानामा नेपालले सशस्त्र प्रहरी गस्ती बढाएको छ।पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा सिल गरिएको छ ।सिल गरेसँगै मानिसहरुलाई भित्रबाट बाहिर आउन दिइएको छैन् । नेपाल प्रहरी अपार्टमेन्टबाहिर बसेका छन्। भित्र भने सनसिटीकै गार्डहरु छन् । त्यससँगै अत्यावश्यक काम परेका त्यहाँभित्र रहेकालाई गेटसम्म आउन दिइएको छ ।   photo:-bbc

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...