कास्कीमा गुन्डागर्दी,हप्ता असुली र मिटर ब्याजमा चलाएको मुद्दामा ललित गुरुङ सहीत १५ जना जेल चलान |

अपराध

कास्कीमा गुन्डागर्दी,हप्ता असुली र मिटर ब्याजमा चलाएको मुद्दामा ललित गुरुङ सहीत १५ जना जेल चलान |
साउन ९ पोखरा :- जि. प्र. का. कास्कीले गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा चलाएको मुद्दामा १५ जनालाई जेल चलन गरेको छ । जिल्ला प्रहरी कास्कीले लगभग १५ दिन अगाडि १५ जनालाई पक्राउ गरेको थियो । तीमध्ये १० जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीको आइतबारको फैसलाले झ्यालखाना पठाउने सजाय तोकेको हो भने ५ जनाले सफाइ पाएका छन् । प्रशासनले ललित गुरुङलाई ६ महिना कैद सजाय र २५ हजार जरिवाना तोकेको हो । गुरुङले गत वैशाखमा मात्र ठगीको मुद्दामा ३५ दिन कैद सजाय भोगेर १० हजार रुपैयाँ तिरेका थिए । गुरुङलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई केन्द्रबाटै आदेश आएको थियो । समुल, चन्द्र गुरुङ, धनकुमार पुर्जा, कृष्ण रोकामगर, महेश अर्याल, प्रकाश गुरुङ, शनिराज डंगोल, पुनम गुरुङ, सरोज चापागाईलाई जनही ४ महिना कैद सजाय र २५ हजार जरिवाना भएको छ । सुमन श्रेष्ठलाई २ महिना जेल सजाय र २० हजार जरिवाना भएको छ । उनलाई होहल्ला गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । आइतबार मुद्दा फैसलाका क्रममा उनीहरुका साथी र आफन्तले प्रशासनमा होहल्ला गरेका थिए । अराजकता मच्चाएका कारण उनीहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका बैदामका डिएसपी नवीन कार्कीले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...