कास्की आदर्श काठमाण्डौ रेष्टुरेन्ट कप भलिबल प्रतियोगिताको उपाधी कास्की आदर्श सेवा समाज युएईलाई |

खेलकुद

कास्की आदर्श काठमाण्डौ रेष्टुरेन्ट कप भलिबल प्रतियोगिताको उपाधी कास्की आदर्श सेवा समाज युएईलाई |
डिसेम्बर ८ फिष्टेल न्युज सम्बत्दाता मान गुरुङ युएई :- कास्की आदर्श सेवा समाज युएईको आयोजनामा Spike for peace भन्ने मुल नाराका साथ प्रवासी नेपालीहरु बिच अपासी भाइचारा अभिबृद्धी गर्ने उद्देश्यले सम्पन्न भएको कास्की आदर्श दोस्रो काठमाण्डौ रेष्टुरेन्ट कप भलिबल प्रतियोगिता २०१८ भलिबल प्रतियोगिताको उपाधी कास्की आदर्श सेवा समाज युएई रातोले उचाल्न सफल भएको छ।यहि २०१८ डिसेम्बर ०७ तारिख शुक्रबार युएई स्थित अल वर्षा पोण्ड पार्क दुबई युएईमा सम्पन्न भएको भलिबल प्रतियोगिताको प्रथम स्थान कास्की आदर्श सेवा समाज युएई रातो ले जित्न सफल भएको छ भने दोस्रो स्थान तमु प्ये ल्हु संघ युएईले हात पार्न सफल भएको छ। उक्त भलिबल प्रतियोगितामा जम्मा सोह्रा टिमले सहभागिता जनाएको थियो।भलिबल प्रतियोगिताको उत्कृष्ट टिम ब्रोगन भलिबल टिम बन्न सफल भएको थियो भने प्रतियोगिताको उत्कृष्ट खेलाडी कास्की आदर्श सेवा समाज युएई रातोका डायमण्ड बस्नेत बन्न सफल भएको थियो। उक्त कास्की आदर्श दोस्रो काठमाण्डौ रेष्टुरेन्ट कप भलिबल प्रतियोगिता २०१८ सफल बनाउनको लागि खेलकुद संयोजक सुरेन्द्र जिसि र आबुधाबी क्षेत्रीय अध्यक्ष प्रबिण (राहुल) श्रेष्ठ तोकिएको कास्की आदर्श सेवा सामाज युएईका सदस्य लाल सुब्बा थिमे गुरुङले बताउनु भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...