कन्चनपुरमा फेरी तनाव ,प्रहरीको गोली लागि एक युवकको मृत्यु |

अन्य

कन्चनपुरमा फेरी तनाव ,प्रहरीको गोली लागि एक युवकको मृत्यु |
भदौं ८ कञ्चनपुर, :-कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै आज भएको प्रदर्शनमा फेरी गोली चलेको छ । गोली लागेर होटल अगाडि बसि रहेका स्थानीय एक किशोरको मृत्यु भएको छ । आफ्नै होटलमा बसेका १७ वर्षीय चेतन भट्टको मृत्यु भएको महाकाली अञ्चल अस्पतालले जनाएको छ । प्रहरीको गोली प्रहारबाट अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीले हानेको गोली बालकको छातीमै लागेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । आन्दोलन आज शुक्रबार साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । प्रदर्शनकारी आक्रोशित बनेका छन् । बिहीबार पनि प्रदर्शनका क्रममा ८ जना गोली लागेर घाइते भएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...