काम ढिलो गर्ने ठेकेदारको बिबरण गृह मन्त्रालय पठाए |

अन्य

काम ढिलो गर्ने ठेकेदारको बिबरण गृह मन्त्रालय पठाए |
मे २७ पोखरा :-जि. प्र. कार्यालय तनहुँले ठेक्का लिई काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको विवरण गृह मन्त्रालय पठाएको छ ।प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरत शर्माले जिल्लाका विभिन्न सरकारी कार्यालयसँग ठेक्का आयोजना र कार्य प्रगतिबारे विवरण माग गरी त्यसको विवरण मन्त्रालय पठाइएको जानकारी दिए ।काममा ढिलाइ गर्ने ठेकेदारको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहले पत्राचार गरेको थियो । प्रशासनले प्रारम्भिक चरणमा जिल्लाका ७ योजनामा ढिलाइ भएको विवरण मन्त्रालय पठाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी तुलसीराम पौडेलले स्वच्छन्द-मना जेभी, वाइपी कन्स्ट्रक्सन प्रालि काठमाडौं, सन्तोषी निर्माण सेवा चितवन, विटी जयबाबा जेभी काठमाडौं र सूर्य एन्ड सन्स प्रालि धरानले सरकारी कार्यालयसँग सम्झौता गरी समयमा काम नगरेको तथ्यांकसहित विवरण मन्त्रालय पठाइएको जानकारी दिए । ठेकेदारलाई नियन्त्रणमा लिएर कारबाही गरिनेसमेत उनले बताए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिसकेको उनले जानकारी दिए । प्रशासन कार्यालयले पठाएको विवरणमा स्वच्छन्द-मना जेभीले ३ वटा योजना समयमै सम्पन्न नगरेको पाइएको छ ।सदरमुकाम दमौलीस्थित महिला तथा बालबालिका कार्यालय तनहुँको २०७२ असार मसान्तसम्म सक्नुपर्ने भवन २ वर्ष पुग्न लाग्दासमेत अलपत्र छ । भवनका लागि विनियोजित रकम वर्षेनी फिर्ता हुँदै आएको छ । सोही कम्पनीले ठेक्का लिएको श्रृंगपथ मार्गको काममा ढिलाइ भएको पाइएको छ । २०७२ जेठमा सम्झौता भएर २०७४ फागुनमा सम्पन्न गर्नुपर्ने भएपनि उक्त मार्गको काम हालसम्म ४१ प्रतिशत मात्रै काम भएको छ । यसैगरी यही कम्पनीले नै ठेक्का लिएको चुँदीखोला पुल २०७४ चैतमा सम्पन्न गर्ने सम्झौता भएको थियो । तर उक्त पुलको काम ४३ प्रतिशत मात्रै भएको छ । वाइपी कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको सिन्धु (कन्टार श्याम्घा हटिया) मार्ग २०७४ माघमा सम्पन्न भइसक्नुपर्ने थियो । तर उक्त मार्गको काम ३५ प्रतिशत मात्रै भएको छ । सन्तोषी निर्माण सेवाले ठेक्का लिएको कृष्ण मार्ग (देउराली–केलादी)घाटको काम २३ प्रतिशत मात्रै भएको छ । यसको ठेक्का अब २-३ महिना मात्रै बाँकी छ । विटी जयबाबा जेभीले ठेक्का लिएको लाब्दीखोला–छिम्केश्वरी पुलको काम ३० प्रतिशत मात्रै भएको छ । उक्त पुल २०७२ फागुनमा सम्पन्न गर्ने गरी २०७० चैतमा सम्झौता भएको थियो । त्यस्तै सूर्य एन्ड सन्स प्रालिले ठेक्का लिएको बडहरे खोला पुल गजरकोटको काम २२ प्रतिशत मात्रै भएको छ । उक्त पुल २०७४ चैतमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । योजनाको नाम निर्माण कम्पनी कार्य प्रगति सम्पन्न गर्नुपर्ने मिति:-

महिला तथा बालबालिका कार्यालय भवन स्वच्छन्द-मनाजेभी काठमाडौं २०७४ असार मसान्त श्रृंगपथ मार्ग स्वच्छन्द-मनाजेभी काठमाडौं ४१ प्रतिशत २०७४ फागुन चुँदीखोला पुल स्वच्छन्द-मनाजेभी काठमाडौं ४३ प्रतिशत २०७४ फागुन सिन्धु मार्ग वाइपी कन्स्ट्रक्सन प्रालि काठमाडौं ३५ प्रतिशत २०७४ माघ कृष्ण मार्ग (देउराली–केलादीघाट) सन्तोषी निर्माण सेवा चितवन २३ प्रतिशत २-३ महिना बाँकी लाब्दीखोला–छिम्केश्वरी पुल विटी जयबाबा जेभी काठमाडौं ३० प्रतिशत २०७२ फागुन बडहरे खोला पुल सूर्य एन्ड सन्स प्रालि धरान २२ प्रतिशत २०७४ चैत्र

स्रोत :-समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...