कास्कीको माछापुछ्रे गाउँ पालिकामा युवा समूह बीच विवाद हुँदा ३ जना घाइते |

अन्य

कास्कीको माछापुछ्रे गाउँ पालिकामा युवा समूह बीच विवाद हुँदा ३ जना घाइते |
कात्तिक ५ पोखरा :-कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ मा मिर्सा र रुम्जाका युवाहरुबीचको झडपमा ३ जना घाईते भएका छन् ।शनिबार दिउसो भलिवल खेल्ने क्रममा रुम्जा र मिर्साका युवाबीच विवाद भएको थियो ।खेलको क्रममा मिर्साका युवाले अपशव्द वोलेपछि दुईपक्षबीच भनाभन भएको थियो । साँझ दुवैपक्षबीच विवाद साम्य भएर मिलापत्र गरि आ–आफ्नो घरतर्फ लागेका युवाहरु राती आक्रमणमा उत्रिएको प्रहरीको भनाई छ । झडपमा रुम्जाका वर्ष ३४ का आनन्दकुमार पुन, वर्ष ३५ का धनबहादुर पुन र १९ वर्षिय सुजन पुन घाईते भएका छन् । आनन्दकुमार पुनको अवस्था गम्भिर छ । मटाउकोमा गहिरोचोट भएकाले उनको मणिपाल शिक्षण अस्पतालको आईसीयु कक्षमा उपचार भईरहेको छ भने वाँकी दुईको अवस्था सामान्य छ । आफुहरु घरमै सुतिरहेको अवस्थामा एक्कासी १५÷२० जनाको समुहले आक्रमण गरेको घाईते सुजन पुनले बताए। शनिबार राती अन्दाजी ११ः३० बजेको समयमा मिर्सा गाउँका युवाले उनीहरुलाई घरेलु हतियार सहित आक्रमण गरेको सार्दीखोला प्रहरी चौकी ईन्चार्ज केशवहादुर कुमालले बताए ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको र अन्यको खोजी भईरहेको जनाएको छ । पीस पोखरा

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...