जुम्लामा अनशनरत डा.गोविन्द के सी काठमाडौँ आउन अस्विकार |

अन्य

जुम्लामा अनशनरत डा.गोविन्द के सी काठमाडौँ आउन अस्विकार |
जुलाई १८ जुम्ला:- २० गतेदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार बिहानै हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको आरोप लगाएका छन् । उनले आफ्ना सर्मथक तथा पत्रकारहरुसित भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ । सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’ यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित छ भने मेरो माग पूरा गर्नेतिर लाग्नु पर्‍यो । त्यसो भएमा म आफैं अनसन तोडिहाल्छु ।’ डा. केसीले माग पूरा नभएसम्म ‘चण्दननाथ बाबा’को काखमा सत्याग्रह जारी राख्ने अडान लिएका छन् । सरकार अधिनायकवाद लागू गर्न उद्यत भएको आरोप लगाउँदै सरकारको गुन्दागर्दी नचल्ने बताएका छन् । i

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...