जनता समाजवादी पार्टी नेपालको प्रवास समिति “नेपाली समाज NESO इजरायलको” प्रथम बार्षिकोत्सव मनाउन तयारी।

राजनीति

जनता समाजवादी पार्टी नेपालको प्रवास  समिति “नेपाली समाज NESO इजरायलको” प्रथम बार्षिकोत्सव मनाउन तयारी।
मे २६  तेल अभिव :-कोभीड-१९ कोरोना भाइरस चीनबाट शुरु भै बिस्व ब्यापी महामारीको रुपमा फैलिदै गएको यस बिसम परिस्थितीलाई मध्ये नजर गर्दै “जनता समाजवादी पार्टी,नेपाल”का प्रवास सङ्गठन समिति नेपाली समाज (NESO) इजरायलको ऐतिहासिक प्रथम वार्षिकोत्सव कार्यक्रम अनलाईन मार्फत मनाउने भएको छ। “समुन्नत सङघीय समाजवाद जिन्दावाद,१०+१ पहिचानको प्रदेश हाम्रो संकल्प,नेपाली राजनीतिमा जनता समाजवादी पार्टी नेपाल,अबको विकल्प” भन्ने मुख्य नाराका साथ प्रवास विशेष प्रदेश समितिका इन्चार्ज श्रीआङकाजी शेर्पाज्युको प्रमुख अतिथ्यमा,प्रवास विशेष प्रदेश समितीका अध्यक्ष श्री धन गुरुङज्युको विशेष अतिथ्यमा र बिदेशका २० स्थापित प्रवास नेपाली समाज (NESO) का अध्यक्षज्युहरुको अतिथ्यमा इजरायलमा क्रियाशीलराजनीतिक,धार्मिक,सामाजिक,संगठन,संघ,संस्थाहरु,अनलाईन मेडियाकर्मीहरुको सहभागी रहने NESO इजरायलका प्रबक्ता समिर लामा ह्योल्मोले फिष्टेल न्यूजलाई जानकारी दिनु भएको छ। सो अवसरमा नेपाल लगायत विभिन्न देशहरुमा लक् डाउनको स्थिति रहेकोले चाहेर पनि प्रत्यक्षरुपमा भौतिक उपस्थितिका साथ कुनै कार्यहरु गर्न सम्भव नभएकोले हाल बिकसित ZOOM ONLINE प्रविधिको प्रयोग मार्फत अगाडी बढ्ने सामुहिक निर्णय अनुशार यो कार्यक्रम हुन लागेको वहाले बताउनु भयो। साथै सो कार्यक्रममा यहि आउदो ठिक मिति १५ जुन २०२० सोमबार नेपाली समय ६:३० बजे साझं इजरायली समय ३:३० बजे दिउसो ZOOM ONLINE CONFERENCE मार्फत सहभागी भैदिनु हुन सम्पूर्ण इजरयालाबासी नेपालीहरुमा नेपाली समाज (NESO) इजरायलद्वारा हार्दिक अनुरोध गरेको छ।

नोट :- ZOOM ONLINE चोन्फेरेंस नेपाली समाज (NESO) इजरायलको PAGE बाट LIVE (प्रत्यक्ष) प्रसारण गरिछ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...