जापानमा २५ बर्षपछीकै शक्तिशाली आँधी,ठुलो क्ष्यति |

अन्य

जापानमा २५ बर्षपछीकै शक्तिशाली आँधी,ठुलो क्ष्यति |
भदौं १९ टोकियो :-जापानमा करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् । यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर, पनि अहिले नै यसबाट भएको क्षतिको यकिन विवरण प्राप्त भएको छैन । जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । उनले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ । जापानको मौसम विभागका अधिकारी रियुता कुरुराले भने, ‘सोमबार साँझबाट सुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली छ र यसले पु¥याउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपायहरु अपनाउनु पर्छ । प्रधानमन्त्री आबेले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाएका छन् । मौसमविद्हरुले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी आएको भन्दै सबै नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्किन र सरकारी सूचनाहरुलाई मनन् गर्न भनेका छन् । रासस÷एएफपी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...