इजरायलमा नेपाल आईडलका कलाकारहरुको साथमा भ्यालेन्टाइन्स नाईट “संगीत धमाका २०२०”हुने ।

अन्य

इजरायलमा नेपाल आईडलका कलाकारहरुको साथमा भ्यालेन्टाइन्स नाईट “संगीत धमाका २०२०”हुने ।
फेब्रुवरी ४ फिष्टेल न्यूज:- इजरायलमा संचालित संघ,सस्थाहरुको सहकार्यमा अनलाईन मिडियाकर्मीहरुको आयोजनामा ख्याती प्राप्त कलाकारहरुको साथमा भ्यालेन्टाइन्स नाईट “संगीत धमाका २०२०”हुने भएको छ ।नेपाल भ्रमणबर्ष २०२० को प्रचार प्रसार, निमन्त्रणा तथा विपन्न बालबालिकाहरुको सहयोगार्थका लागि सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।आउदो फेव्रुअरि १४ तारिक हगाना वेईत बरबुर १३५ तेल अबिबमा हुने सो कार्यक्रममा नेपाल आईडलका रवी वोड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल तथा स्थानियकलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।यस कार्यक्रमबाट हुने मुनाफा नेपाल भ्रमण बर्ष २०२०को प्रचार प्रसार तथा गरिब,विपन्न जेहेन्दार बालबालिकाहरुका लागि सहयोग गरिने आयोजकले जानकारी दिएका छन् । यस कार्यक्रमलाई सफल बनाउन आयोजक तथा इजरायल सरकारद्वारा मान्यता प्राप्त इजरायली सामाजिक सस्थाहरु लाई कार्यक्रममा उपस्थित गराइ नेपाल भ्रमणबर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा गरिने र भरपुर मनोरञ्जन दिन आयोजक जोडतोडका साथ तयारीमा लागेको आयोजक मिडिया मध्येका खबर बिहानी डट कमका सम्पादक तेन्जीङ शेर्पाले जानकारी दिनु भएको छ । त्यस्तै उक्त कार्यक्रमलाइ अझ रोचक बनाउन ” भेलेन्टाइन नाइट” सङगीत धमाका “फोटो प्रतियोगिता “समेत आयोजना गरिएको छ ।यसमा बिजयीहरुलाई आकर्षक पुरुस्कारको बेबस्था गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...